सार्वजनिक जग्गा मिचेको भन्दै निर्माणाधीन घर गाउँलेले भत्काए
2023/07/29, 2:22
 
ss

सार्वजनिक जग्गामा घर बनाएको भन्दै वित्थडचिर गाउँपालिका वडा नं ७, स्यालढुङ्गा चौड खोलास्थित स्थानीयको निर्माणाधीन घर गाउँलेहरूले भत्काइदिएका छन् ।

वित्थडचिर गाउँपालिका वडा नं –७ का पुड्के ओखेडाको निर्माणाधीन घर गाउँलेहरुले भत्काइ दिएका हुन् । उक्त स्थानमा गत मंसिरदेखि नै ओखेडाले घर बनाउन थालेका थिए ।

तर स्थानीयहरूले सार्वजनिक स्थलमा घर बनाएको भन्दै वडा कार्यालयमा उजुरी परेकाले घर भत्काउनुका साथै त्यहाँ लगाएको खेतीपाती पनि फडानी गरिदिएका हुन् ।
ओखेडाले घर नबनाउने र सार्वजनिक जग्गा मिचेर लगाएको खेतीबाली पनि आफैंले फडानी गर्ने सहमति गरेको तर साउन सुरु भएपछि सहमति विपरीत घर बनाउन थालेपछि गाउँलेहरु गएर भत्काइदिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

तर ओखेडाले आफूले लालपुर्जा भएको जमिनमै घर बनाएको तर स्थानीय कृष्ण जोशी, भवानी जोशी र किथ्थे भनिने ९नन्दलाल० जोशीको नेतृत्वमा गैरकानुनी रुपमा घर भत्काइएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । साथै उनले आफ्नो नामको लालपुर्जा पनि सार्वजनिक गरेका छन् ।

ुमेरो लालपुर्जा भएको जमिनमा मैले घर बनाएको हो । सबै गाउँले आएर सार्वजनिक ठाउँमा किन बनाएको भन्दै घर भत्काइदिइका छन्,ु पुड्के ओखेडाका छोरा करन ओखेडाले भने, ुयो विषयमा मैले प्रहरीमा उजुरी दिएको छु ।ु

अभद्र व्यवहार गरेको भन्दै करनले दिएको उजुरीका आधारमा तीनै जनालाई पक्राउ गरी हिरासतमा राखिएको छ । साथै उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी जागेश्वर भण्डारीले बताए ।

६ वर्षअघि सोही ठाउँमा सार्वजनिक जग्गामा घर बनाएपछि स्थानीय अम्बा जोशी र भवानी जोशीको घर पनि गाउँलेहरु मिलेर भत्काइदिएको बुझिएको पनि प्रहरीले जनाएको छ । उक्त विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रमेश अवस्थीले जानकारी दिए ।

ओखेडाको निमार्णाधीन घर भत्काउने कार्यमा गैर दलितसंगै दलित समुदायकै व्यक्तिहरु समेत संलग्न रहेको बताईएको छ । जातीय हिसावले भन्दा पनि उनीहरु सार्वजनिक स्थानमा घर निर्माण गरेको भन्दै शुरुदेखि नै बिरोधमा थिए । बिरोधका बाबजुद पनि निर्माण कार्य नरोकेपछि सबै समुदायका व्यक्तिहरुले निर्माणाधीन घर भत्काएको बताईएको छ ।