
कञ्चनपुरमा घाँटीमा खुकुरी राखेर लुटपाट गर्ने तीन जना पर्काउ परेका छन्। जिल्लाको दक्षिण–पूर्व क्षेत्रको हुलाकी राजमार्गमा ओहोर–दोहोर गर्नेलाई खुकुरीले डर देखाएर लुटपाट गर्ने गरेको आरोपमा तीन जना युवा पक्राउ परेका हुन्।

जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ का २३ वर्षिय विजय गिरी र २५ वर्षिय माने तामाङ तथा पुनर्वास नगरपालिका वडा नम्बर ६ का २१ वर्षिय राजी कोइराला पक्राउ परेका छन्।
उनीहरुको समूह हुलाकी राजमार्गमा ओहोर दोहोर गर्नेहरुलाई डर, धम्की देखाएर रकम असुली गर्दै आएको आरोपमा प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय, त्रिभूवनबस्तीका अनुसार उनीहरुको समूहले खुकुरी देखाएर मान्छेलाई लुटपाट गर्दै आएको थियो। उनीहरुको साथबाट दुई वटा मोटरसाइकलसमेत बरामद गरिएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/15, 8:00
2021/05/10, 9:16
2022/12/05, 12:15