उन्मुक्ति पार्टिभित्र बिवाद: लक्ष्मणकिशोरले भने, पार्टीले अपमान गर्‍यो !
2023/08/04, 12:33
 
ss

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टिभित्र बिवाद बढेको छ।संसदीय दलको बैठकले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र कैलाश चौधरीलाई मन्त्री बनाउने निर्णय गरे देखी नै पार्टीभित्र चर्को असन्तुष्टि देखिएको हो।

यद्धपी मन्त्रीमा रामेश्वर र राज्यमन्त्रीमा कैलाश चौधरी नियुक्त भएर शपथ पनी खाइसकेका छन्। अहिले सो पार्टिभित्र मन्त्री नियुक्तिको विषयलाई लिएर बिवाद र असन्तुष्टि बढ्दै गएको छ । मन्त्रीका आकांक्षी रहेका लक्ष्मणकिशोर चौधरीले नियुक्तिमा असन्तुष्टि पोखेका छन्। पार्टी नेतृत्वबाट मन्त्री बनाउने आश्वासन पाएपछि गत बैशाखमा प्रमुख सचेतकबाट राजीनामा दिएका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले असन्तुष्टि जनाएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘यार गद्दार निकला१ राजनीतिक पाखण्डवाजको घनघोर भत्र्सना गरौं’,। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी हुन भने लक्ष्मणकिशोर चौधरी उपाध्यक्ष हुन् । पार्टीको विधि, पद्धति र मुल्याँकन नगरी पार्टिको निर्णय विपरित नेताहरु पेलेर अघी बढ्नु गलत भएको उनको भनाई छ। लक्ष्मणकिशोरले आफुले पार्टि भित्र विवाद नल्याएको भन्दै पार्टि भित्रकै नेताले ल्याएको बताए। पार्टीको राजनीतिमा कनिष्ठहरुलाई मन्त्री पद दिएको तर आफुलाई विषयगत समितिमा बस्न भनेको भन्दै अपमानित गरेको बताए।

उनले जनता मात्रै आफ्नो पक्षमा रहेको बताए। तर नागरिक उन्मुक्ति पाटीका प्रवक्ता दामोदर पण्डितले लक्ष्मणकिशोरलाई पार्टीले अपमान नगरेको बताउँदै सम्मानका साथ उपाध्यक्ष र प्रदेश सभाको सदस्य बनाएको दाबी गरे । पाटी प्रवक्ता पण्डितले बरु आफुलाई पार्टीले केही नदिएको भन्दै प्रश्न गरे। लक्ष्मणकिशोर सिनियर भएरै पार्टीबाट टिकट दिएको र निर्वाचन जितपछि अहिले पार्टीलाई आरोप लगाउनु ठिक नहुने उनले तर्क गरे । यस अघि बुधवार बसेको उन्मुक्तिको संसदीय दलको बैठकले सुदूरपश्चिम सरकारमा रामेश्वर चौधरी र कैलाश चौधरीलाई पठाउने निर्णय गरेको थियो। सरकारलाई विश्वासको मत दिएर पनि भागबण्डामा कुरा नमिल्दा सरकारमा सामेल नभएको उन्मुक्ति एक पूर्ण र एक राज्यमन्त्री सहित सरकारमा सहभागी हुन सहमत भइसकेको छ।