बैतडीमा सासुले बुहारीलाई हसियाले प्रहार गरेपछि.......
2023/08/07, 4:21
 
ss

बैतडीको सुर्नया गाउँपालिकामा सासुले बुहारीलाई हसियाले प्रहार गरेर घाइते बनाएकी छन्। बैतडीकोे सुर्नया गाउँपालिका ५ हरिचनकी जैमती मडैले आफ्नै बुहारी राधिका मडैलाई हसियाले प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ।

पीडित महिलाकी भाउजु सरीता बोहरा महराका अनुसार शनिबार दिउँसो जैमतीले हसियाले प्रहार गर्दा राधिकाको टाउकोमा दुई वटा घाउ र खुट्टामा पनी घाउ बनाएकी छिन्। हसियाले प्रहार गर्दा उनी भागेर माइत पुगेकी थिइन्। सासुले कुटपीट गर्नथालेपछि आफू भागेर माइत आएको उनले बताइन्। ३ छोराछोरीकी आमा राधिकाको काखमा सात महिने दुधे बालक समेत रहेको छ।

यसअघि पनि पटक पटक कुटपीट गर्दै आएकी सासुले लगातार कुटपीट गर्न थालेपछि घाइते राधिकाले जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिएकी छन्।राधिकाले आइतबार जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले पीडित राधिकाको निवेदन प्रहरीमा आएको र पीडकलाई बोलाएर यो बिषयमा छलफल गरिने बताए। दुवै पक्षलाई बोलाएर घटनाका बिषयमा अनुसन्धान गरिने उनको भनाई छ। पीडित महिलाको श्रीमान भने रोजगारीको लागी भारतमा छन्।