भीमदत्त नगरपालिकाका तत्कालीन मेयर विष्ट विरुद्ध भ्रष्टाचार मुद्दा दायर
2023/08/30, 1:46

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कन्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन मेयर सुरेन्द्रबहादुर विष्टविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

महाकाली नदीजन्य पदार्थको ठेक्का रकममा नियोजितरुपमा छुट दिएको भन्दै तत्कालीन मेयर विष्ट, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीविरुद्ध एक करोड ३४ लाख ९७ हजार ४ सय ५३ रुपैयाँको बिगो दाबी गरिएको छ ।
यस्तै राजस्व छुटका लागि नगरपालिकाद्धारा गठित कार्यादलका संयोजक तथा सदस्यहरु वडाध्यक्ष हिमालबहादुर चन्द, इन्जिनियर हिमालय सिंह ऐर, लेखा अधिकृत गोविन्द उपाध्याय, विक्रम भन्डारी र नासु नरेन्द्रदेव भट्टलाई पनि प्रतिवादी बनाइएको छ । भवानी कन्स्ट्रक्सनका सन्चालक इश्वरीप्रसाद भट्ट, केशवराज भट्ट, इश्वरीप्रसाद भट्टको श्रीमती खगेश्वरी भट्टलाई पनि प्रतिवादी बनाएर अभियोग दायर गरिएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15