२४ औं निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगिता सुरु
2023/09/11, 12:44
 
ss

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ के गाउँमा २४ औं निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । न्यु युवा सुन्दर शक्ती युवा क्लबको आयोजनामा थारु समुदायको पर्व अटवारी र हिन्दु नारीहरुको पर्व हरितालिका तिजको अवसरमा महिला तथा पुरुष फुटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको एक समारोह बीच कैलारी गाउँपालिकाकी उपाध्यक्ष भगवती चौधरीले उद्घाटन गर्नुभयो । क्लबका अध्यक्ष वृक्षलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका विशिष्ठ अतिथि निसर्ग हस्पिटलका कार्यकारी अध्यक्ष तिर्थराज पन्त, सुदुरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमाल रहनु भएको थियो । 
 
प्रतियोगिताको उद्घाटन खेलमा वरपपिल युवा क्लब विजयी भएको छ । वरपिपल युवा क्लबले चर्च युवा क्लबलाई ३–२ गोल अन्तरले हराएको हो । नकआउटका आधारमा भईरहेको प्रतियोगिताको पुरुष तर्फ २५ टीमको सहभागीता रहेको छ भने महिला तर्फ ६ टीमको सहभागीता रहेको छ । पुरुष तर्फको विजेताले नगद एक लाख सहित ट्रफी र उपविजेताले नगद ५० हजार सहित ट्रफी पाउने क्लबका अध्यक्ष बृक्षलाल चौधरीले जानकारी दिनुभयो । यस्तै महिला तर्फको विजेताले नगद २५ हजार सहित ट्रफी र उपविजेताले नगद १५ हजार सहित ट्रफी पाउने छन् । 

प्रतियोगिता असोज ३ गतेसम्म आयोजना हुनेछ । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा कैलारी गाउँपालिका र सहप्रबद्र्धकमा कैलारी गाउँपालिका वडा नम्बर ४ को कार्यालय तथा मुख्य प्रायोजकमा धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर रहेको छ । वि.स. २०५७ सालदेखि न्यु युवा सुन्दर शक्ती युवा क्लबले अटवारी र तिजको अवसरमा फुटबल प्रतियोगिताका साथै मेलाको आयोजना गर्दै आएको छ ।