२४ औं निसर्ग हस्पिटल फुटबल प्रतियोगिताः पटेला स्मार्ट सेमिफाईनलमा, नेपाल पुलिस र सिआर सेभेन विजयी 
2023/09/12, 12:41
 
ss

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ के गाउँमा भईरहेको २४ औं निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगितामा महिला तर्फ पटेला स्मार्ट क्लब सेमिफाईनल प्रवेश गरेको छ ।

1

न्यु युवा सुन्दर शक्ती युवा क्लबको आयोजनामा थारु समुदायको पर्व अटवारी र हिन्दु नारीहरुको पर्व हरितालिका तिजको अवसरमा भईरहेको महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तर्गत महिला तर्फ लालझाडी ११ लाई फराकिलो अन्तरले हराउँदै पटेला स्मार्ट सेमिफाईनलमा पुगेको हो । पटेलाले लालझाडीलाई ८–० ले हराएको हो । 

1
पुरुष तर्फको खेलमा भने नेपाल पुलिस र सिआर सेभेन विजयी भएका छन् । नेपाल पुलिस क्लबले कालिका युवा क्लबलाई टाईब्रेकरमा हराएको हो । निर्धारित समय दुबै टोलीले एक एकको बराबरी खेलेपछि टाईब्रेकरणमा नेपाल पुलिस ५–४ ले विजयी भयो । पुरुष तर्फकै अर्को खेलमा सिआर सेभेन क्लब विजयी भएको छ । सिआर सेभेनले जनजागृति युवा क्लबलाई २–१ ले हरायो । 

3
नकआउटका आधारमा भईरहेको प्रतियोगिताको पुरुष तर्फ २५ टीमको सहभागीता रहेको छ भने महिला तर्फ ६ टीमको सहभागीता रहेको छ । पुरुष तर्फको विजेताले नगद एक लाख सहित ट्रफी र उपविजेताले नगद ५० हजार सहित ट्रफी पाउने क्लबका अध्यक्ष बृक्षलाल चौधरीले जानकारी दिनुभयो । यस्तै महिला तर्फको विजेताले नगद २५ हजार सहित ट्रफी र उपविजेताले नगद १५ हजार सहित ट्रफी पाउने छन् । 

1
प्रतियोगिता असोज ३ गतेसम्म आयोजना हुनेछ । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा कैलारी गाउँपालिका र सहप्रबद्र्धकमा कैलारी गाउँपालिका वडा नम्बर ४ को कार्यालय तथा मुख्य प्रायोजकमा धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर रहेको छ । वि.स. २०५७ सालदेखि न्यु युवा सुन्दर शक्ती युवा क्लबले अटवारी र तिजको अवसरमा फुटबल प्रतियोगिताका साथै मेलाको आयोजना गर्दै आएको छ । 

1