२४ औं निसर्ग हस्पिटल फुटबल प्रतियोगिताः पंचकोशी सेमिफाईनलमा, धनगढी ११ को जित 
2023/09/13, 12:46
 
ss

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ के गाउँमा भईरहेको २४ औं निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगितामा महिला तर्फ पंचकोशी युवा क्लब सेमिफाईनल प्रवेश गरेको छ ।

6

न्यु युवा सुन्दर शक्ती युवा क्लबको आयोजनामा थारु समुदायको पर्व अटवारी र हिन्दु नारीहरुको पर्व हरितालिका तिजको अवसरमा भईरहेको महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तर्गत महिला तर्फ सिटी क्लब अफ धनगढीलाई हराउँदै पंचकोशी सेमिफाईनलमा पुगेको हो । पंकचकोशीले सिटी क्लब अफ धनगढीलाई ४–१ ले हराएको हो । 

1
पुरुष तर्फको खेलमा धनगढी ११ विजयी भएको छ । धनगढी ११ ले वान्टेड विके क्लबलाई हराएको हो । धनगढीले वान्टेडमाथि ५–० को सानदार जित दर्ता गरेको छ । यस्तै पुरुष तर्फकै खेलमा कैलारी गाउँपालिा वडा नम्बर ३ को टीम पनि विजयी भएको छ । वडा नम्बर ३ ले चर्च युवा क्लबलाई २–१ हराएको हो । 

3
नकआउटका आधारमा भईरहेको प्रतियोगिताको पुरुष तर्फ २५ टीमको सहभागीता रहेको छ भने महिला तर्फ ६ टीमको सहभागीता रहेको छ । पुरुष तर्फको विजेताले नगद एक लाख सहित ट्रफी र उपविजेताले नगद ५० हजार सहित ट्रफी पाउने क्लबका अध्यक्ष बृक्षलाल चौधरीले जानकारी दिनुभयो । यस्तै महिला तर्फको विजेताले नगद २५ हजार सहित ट्रफी र उपविजेताले नगद १५ हजार सहित ट्रफी पाउने छन् । 

3
प्रतियोगिता असोज ३ गतेसम्म आयोजना हुनेछ । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा कैलारी गाउँपालिका र सहप्रबद्र्धकमा कैलारी गाउँपालिका वडा नम्बर ४ को कार्यालय तथा मुख्य प्रायोजकमा धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर रहेको छ । वि.स. २०५७ सालदेखि न्यु युवा सुन्दर शक्ती युवा क्लबले अटवारी र तिजको अवसरमा फुटबल प्रतियोगिताका साथै मेलाको आयोजना गर्दै आएको छ । 

2