२४ औं निसर्ग हस्पिटल फुटबल प्रतियोगिताः सुर्मादेवी फाईनलमा, सिआउर सेभेन र सागर युवा क्लब अन्तिम चारमा
2023/09/18, 7:15
 
ss

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ के गाउँमा भईरहेको २४ औं निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगितामा महिला तर्फ सुमादेवी युवा क्लब उपाधि नजिक पुगेको छ । लम्कीको पंचकोशी युवा क्लबलाई सेमिफाईनलमा फराकिलो अन्तरले हराउँदै सुर्मादेवी उपाधि नजिक पुगेको हो । सुर्मादेवीले पंचकोशीलाई सेमिफाईनलमा १–० ले हराउँदै फाईनलको यात्रा तय गरेको हो । महिला तर्फको फाईनल खेल असोज ४ गते हुनेछ । फाईनलमा सुर्मादेवी युवा क्लब र पटेला स्मार्ट क्लब प्रतिस्पर्धा गर्नेछन् । 

1

न्यु युवा सुन्दर शक्ती युवा क्लबको आयोजनामा थारु समुदायको पर्व अटवारी र हिन्दु नारीहरुको पर्व हरितालिका तिजको अवसरमा भईरहेको महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तर्गत पुरुष तर्फको खेलहरुमा भने सिआर सेभेन र सागर युवा क्लब सेमिफाईनल प्रवेश गरेका छन । पुरुष तर्फको पहिलो खेलमा सागर युवा क्लबले पटेला स्मार्ट क्लबलाई हरायो । सागरले पटेलामाथि १–० को जित निकाल्यो । कैलारी गाउँपालिका वडा नम्बर ४ के गाउँको खेल मैदानमा भईरहेको प्रतियोगिताको पुरुष तर्फको दोस्रो खेलमा सिआउर सेभेन क्लब विजयी भयो । सिआउर सेभेनले बरपिपल थारु युवा क्लबलाई हरायो । सिआउर सेभेनले वरपिपलमाथि ४–१ को जित निकालेको हो । 

1

पुरुष तर्फको विजेताले नगद एक लाख सहित ट्रफी र उपविजेताले नगद ५० हजार सहित ट्रफी पाउने क्लबका अध्यक्ष बृक्षलाल चौधरीले जानकारी दिए । यस्तै महिला तर्फको विजेताले नगद २५ हजार सहित ट्रफी र उपविजेताले नगद १५ हजार सहित ट्रफी पाउने छन् । 

1

प्रतियोगिता असोज ३ गतेसम्म आयोजना हुनेछ । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा कैलारी गाउँपालिका र सहप्रबद्र्धकमा कैलारी गाउँपालिका वडा नम्बर ४ को कार्यालय तथा मुख्य प्रायोजकमा धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर रहेको छ । वि.स. २०५७ सालदेखि न्यु युवा सुन्दर शक्ती युवा क्लबले अटवारी र तिजको अवसरमा फुटबल प्रतियोगिताका साथै मेलाको आयोजना गर्दै आएको छ ।