
सुदूरपश्चिममा १५ हजार कुकुर बिरालालाई रेबिज विरुद्धको खोप लगाइएको छ। १७ औं राष्ट्रिय रेबिज दिवसको अवसरमा कुकुर बिरालालाई निःशुल्क खोप लगाइएको हो।

यस्तै, रेबिज सप्ताहमा सुदूरपश्चिमका विभिन्न जिल्लाका विद्यालयमा गएर पाँच हजार विद्यार्थीलाई रेबिजको विषयमा आवश्यक शिक्षा दिने काम भएको पशु अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डाक्टर नरेशप्रसाद जोशीले बताए।
रेबिज सप्ताहकै अवसरमा सुदूरपश्चिमका ५० जना पशु चिकित्सक र प्राविधिकलाई ब्रेन सेम्पल निकालेर रेबिज परीक्षण गर्ने तालिम प्रदान गरिएको छ। रेबिज विरुद्धको १५ हजार खोप मध्ये १० हजार खोप केन्द्रीय पशु सेवा विभागबाट उपलब्ध भएको हो भने पाँच हजार खोप सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएको हो।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 10:46
2020/10/21, 8:59
2021/05/17, 4:50
2021/12/20, 8:38
2023/01/01, 1:09