प्रथम ‘शारीरिक सुगठन प्रतियोगिता’को उपाधि पन्त र चन्दलाई
2023/10/01, 2:18
 
ss

प्रथम सुदूरपश्चिम श्री शारीरिक सुगठनको उपाधि लक्ष्मीदत्त पन्त र सुनिल चन्दले प्राप्त गरेका छन्। सुदूरपश्चिम फिट्नेश एण्ड फारवेष्ट स्पोर्टस क्लबको आयोजनामा शुक्रबार देखि शुरु भएको प्रतियोगिता अन्तरगत शाररिक सुगठन विधामाचन्द र मेन्स फिजिक तर्फ पन्तले उपाधि पाएका हुन्।

यस्तै शाररिक सुगठन विधामा दितिय पुरस्कार आर्यान शाही, तृतिय अर्जुन साउद र सहानुभुति तर्फ अनिल सेरलाले प्राप्त गरेका छन भने मेन्स फिजिक तर्फ दितिय पुरस्कार तर्फ अजय रिजाल, तृतिय अमृत रावत र सहानुभुति तर्फ सन्देश शाहले प्राप्त गरेका छन्। प्रतियोगिताक शा दुवै विधाका विजेतालाई जनहीनगद २५ हजार पुरस्कार प्रदान गरिएको छ।

यस्तै दुवै विधामा दोस्रो हुनेलाई नगद १५ हजार र तेस्रो हुनेलाई नगद १० हजार नगद पुरस्कार दिइएको छ। साथमा जिन्सी पुरस्कारहरू पनि प्रदान गरिएको छ। प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले विजेता खेलाडीलाई ट्रफी, नगद पुरस्कार तथा सामाग्री हष्तान्तरण गरे। सो अवसरमामन्त्री साउदले खेलकुदको विकासका लागि प्रदेश सरकारले बजेटमा कमिहुन नदिने प्रतिवद्धता व्यक्त गरे। उनले भने –‘अहिले खेलकुदमा सिमित स्रोत साधन रहेको छ।

प्रदेश सरकारले अहिले पनि खेलकुदमा बजेट विनियोजन गरेको छ। तर, त्यो अप्रर्याप्तहो। आगामी आर्थिक वर्षमाप्रदेश सरकारले प्राथमिकता क्षेत्र पहिचानगरि खेलकुदमा बजेट विनियोजन गर्ने छ।’ उनले वेरोजगारी, गरिवि व्याप्तरहेको बताउँदै ‘यो साझा समस्या बनेको छ। जसका कारण कुलतमा फसेका छन्। तेब्बर ढंगले लागु औषध दुव्र्यशनी प्रयोगकर्ता बढेको छ।’

उनले खेलकुद प्रतियोगिताले युवाहरुलाई कुलतमा फस्नबाट रोक्ने भएकाले युवाहरुले विभिन्न खेलकुद प्रतियोगिता गर्न जरुरी रहेको बताए। उनले भने(‘युवाहरु जागरूक नबने सम्म प्रदेश बन्दैन ।यवाहरूले आफै स्वरोजगारको सृजना गर्नुपर्छ ।’ उनले क्रिकेट, फुटबलमा प्रदेश अघि बढेको बताउँदै‘खेलप्रेमी साथि अघि बढ्नुहोस । प्रदेश सरकारले हरेक क्षेत्रमा सहयोग गर्छ। युवाहरुमाएकता,धैर्यता,उर्जावान जरूरी छ।’ क्लबका अध्यक्ष मोहन तामाङको अध्यक्षतामा प्रतियोगिता भएको हो।