कञ्चनपुर प्रहरीले लखेट्यो टहरामा बस्दै आएका भारतीयलाई
2023/10/03, 2:10
 
ss

कञ्चनपुर प्रहरीले अस्थायी टहरामा बस्दै आएका भारतीयलाई भारततर्फ लखेटेको छ । जिल्लाको भीमदत्त नगरपालिका २ मा अस्थायी टहरा बनाई बसोबास गरिरहेका भारतीय नागरिकलाई सोमवार भारततर्फ फिर्ता पठाएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १४ जना भारतीय नागरिकहरुलाई भारततर्फ फिर्ता पठाएको जनाएको छ।विभिन्न चाँड पर्वहरुमा माग्ने बहाना बनाई चोरी,लुटपाट जस्ता घटनाहरु घटाउन सक्ने भएकोले सम्झाई बुझाई गरि सुरक्षित साथ नेपाल भारतको गड्डचौकी नाकाबाट भारत तर्फ पठाएको कञ्चनपुर प्रहरीले जनाएको छ।