लिटल फ्लावर प्रीमियर लिग मंसिर ९ गतेदेखि
2023/10/03, 7:34
 
ss

लिटल फ्लावर प्रीमियर लिगको आठौं संस्करण यहि मंसिर ९ गते देखि हुने भएको छ । लिटल फ्लावर स्पोर्टस क्लब धनगढीको आयोजनामा संचालन हुन गइरहेको खुला सिनियर टी–२० क्रिकेट प्रतियोगिता २०८० लिटल फ्लावर प्रीमियर लिगको आठौं संस्करण  २०८० मंसिर ९ गते देखि २३ गते सम्म संचालन हुने  क्लबका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । 

प्रतियोगिता आठौं संस्करण धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा संचालन हुने छ । प्रतियोगिताको विजेताले नगद दुई लाख पचपन्न हजार पाँच सय पचपन्न तथा उपविजेताले एकलाख आठाइस हजार नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।  प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद  १५ हजार, उत्कृष्ट बलरले नगद रु ७ हजार पाँच सय उत्कृष्ट ब्याटरले  नगद ७ हजार पाँच सय प्राप्त गर्ने छन । 

खेलको प्लेयर अफ द म्याचले नगद  हजार पाँच सय र प्रतियोगिताको उदियमान  खेलाडीले  ५ हजार नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । २०७३ मा माघ ५ गते देखि माघ १६ गते सम्म यस प्रतियोगिताको पहिलो संस्करण सम्पन्न भएको थियो। यो प्रतियोगिता प्रत्येक वर्ष संचालन हुने गर्दछ ।  प्रतियोगितामा विगतका वर्षहरुमा १० वटा टीमको सहभागीता रहेको भएपनि यस वर्ष १६ वटा टिमले  सहभागिता जनाउने छन्।