भुकम्पले पहिरो जयपृथ्वी राजमार्ग अवरुद्द, भूकम्पका कारण १३ जना घाइते 
2023/10/03, 7:52
 
ss

बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार दिउँसो ३ बजेर ६ मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।  भूकम्पले बझाङका धेरै ठाउमा घरहरु र विद्यालयहरु भत्काएको छ भने जयपृथ्वी राजमार्गको बिभिन्न ठाउँमा पहिरो गएर बाटो समेत अवरुद्द भएको छ  । यस्तै  बझाङ  अहिले नेटवर्कले पनि काम गरिरहेको छैन ।

भूकम्प मापनकेन्द्रका अनुसार भूकम्पको तीव्रता ५. ३ म्याग्निच्युड मापन भएको छ ।  त्यस्तै कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही भागमा समेत धक्का महसुस भएको छ ।

यस्तै बझाङमा गएको भूकम्पका कारण १३ जना घाइते भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा गरी १३ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी प्रमुख डीएसपी भरतबहादुर शाहले जानकारी दिए । उनीहरुको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको उनले बताए ।

भूकम्पका कारण जिल्लाका २० भन्दा बढी संरचना भत्किएका छन् । बझाङलाई केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३ बजेर ४५ मिनेट र ४ बजेर २८ मिनेटमा ४.१ रेक्टर स्केलका तथा ४ बजेर ३१ मिनेटमा ४.३ रेक्टर स्केलको र बेलुकी ५ बजेर १९ मिनेटमा ५ रेक्टरको भूकम्प गएको छ ।