कञ्चनपुरको कृष्णपुरमा हात्तीको बथानले तीन घर भत्कायो
 
ss

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा हात्तीको बथानले तीन घर भत्काएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मा गयराति आएको जंगली हात्तीको बथानले तीन वटा घरमा क्षति पुगाएको हो। कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष धर्म बहादुर सिँहले हात्तीको बथानले स्थानीय श्यानु चौधरी, गोपाल चौधरी र जयराज चौधरीको घर भत्काएको बताए।

उनले जंगली हात्ती गाँउ पसेर तीन घरमा क्षति गरेको र पन्ध्र परिवारको धानबालीमा समेत हात्तीले नोक्सानी गरेको बताए। हात्तीले घर भत्काएपछि स्थानीय त्रसित बनेका छन। हात्तीबाट पीडितलाई राहत एव आवश्यक सहयोगका लागि क्षतिको विवरण संकलन गरिरहेको कृष्णपुर नगरपालिकाले जनाएको छ । कञ्चनपुरमा जंगली हात्तीले क्षति पुर्याउँदै आएको छ।