एक गोदाममा प्रहरीको छापा, ११ लाखको प्रतिवन्धित प्लाष्टिक वरामद
2023/10/07, 1:06
 
dd

कञ्चनपुर महेन्द्रनगरस्थीत एक व्यापारीको गोदाममा प्रहरीले छापा हानेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शुक्रबार नेपाल सरकारद्वारा प्रतिवन्धित प्लाष्टिकजन्य वस्तु बेचविखन गर्ने महेन्द्रनगरका एक व्यापारीको गोदाममा छापा हानेको हो।

भीमदत्त नगरपालिका–१८ का सुशिल गुप्ताले सञ्चालन गरिरहेको हिमांशु प्लाष्टिक स्टोरको गोदाममा छापा हानेको बताइएको छ। तस्करीमार्फत् नेपाल भित्र्याइएको प्लाष्टिकजन्य सामानको गोदाममा छापा हान्दा प्रहरीले ११ लाख रुपैयाँ बराबरको सामान वरामद गरेको छ।

भारतबाट भन्सार छलीका सामान क्यारिङ गर्ने ब्यक्तिहरुको पिछा गर्दै जाँदा गोदाम पत्ता लागेको प्रहरीले जनाएको छ। प्रहरी टोलीले भारतबाट भन्सार छली गरेका सामानहरु क्यारिङ गर्ने ब्यक्तिहरुको नेपाल भारत सिमानाका गड्डाचौकी देखि गोदामसम्म पिछा गरेको थियो । प्रहरीका अनुसार वरामद सामान नियन्त्रणमा लिई पसल सञ्चालक गुप्तामाथि अनुसन्धान भइरहेको छ।