हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ । इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको हो ।
उद्धार गरेर लगिएका बर्दियाका लुइस रिजालका अनुसार उनीहरुलाई तेल अभिभतर्फ लगिएको छ । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका हुन् । उनीहरुकै समूहका १० को आक्रमणमा मृत्यु भएको थियो । यो टोलीमा ४९ जना थिए । बंकरबाट निकालेर हामी सबैलाई सुरक्षित स्थानतर्फ लगेको छु रिजालले भने,अलग अलग क्याम्पबाट उद्धार गरिएको हो ।
अब सुरक्षित स्थानतर्फ लागेकाले ढुक्क हुने अवस्था रहेको उनले बताए । उद्धार गरिएका अर्का एक विद्यार्थी नितिन भण्डारीका अनुसार १३ जनालाई बेतकाम क्षेत्रमा ल्याएर राखिएको छ । अहिले हामी २ वटा फार्ममा रहेका १३ जना साथीहरुलाई यहाँ ल्याएको छु उनले भने,अरु साथीहरु आउने क्रममा छन् ।
अहिले आफूहरु सुरक्षित रहेको उनले बताए । हामीहरु सुरक्षित छौं साथीहरुसँग बसेर कुराकानी गरिरहेका छौुं उनले भने,हामी सबैलाई भेला गरेर तेलअभिभ लैजाने तयारी छ ।