सुदूरपश्चिम विश्वविद्यालयले आज सम्पूर्ण निकायमा शोक बिदा दियो
2023/10/10, 1:30
 
dd

सुदूरपश्चिम विश्वविद्यालयका सम्पूर्ण निकायमा आज शोक बिदा दिइएको छ। इजरायलमा हमासको आक्रमणमा परी विश्वविद्यालयमा अध्ययनरत १० जना विद्यार्थीहरुको दुखद निधन भएकाले विश्वविद्यालयका सबै निकायमा आज शोक बिदा दिइएको विश्वविद्यालयले जारी गरेको शोक वक्तव्यमा उल्लेख गरिएको छ।

सुदुरपश्चिम विश्वबिद्यालयका रजिस्टार प्रा यज्ञराज पाठकद्धारा एक शोक बक्तव्य जारी गर्दै आज शोक बिदा दिइएको छ। इजरायलमा मारिएका १० जना नेपालीको सम्झनामा आज राष्ट्रिय शोकको घोषणासहित राष्ट्रिय झण्डा आधा झुकाइने परिपेक्ष्यमा सोही दिन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पस तथा अन्य निकायहरुमा शोक बिदा दिइएको जनाइएको छ। मृत्यु हुने मध्ये सात जना सुदूरपश्चिमका रहेका छन्।

3