एमाले सुदूरपश्चिमका ५ पदाधिकारीमा २३ जनाको उम्मेदवारी, को- को हुन् ?
2023/10/10, 1:36
 
ss

 नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिबेशनको लागी उम्मेदवारी दर्ताको समय सकिएको छ। ५ पदाधिकारी पदमा २३ जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा चार जना, उपाध्यक्षमा ६ जना, सचिबमा ४ जना र  उपसचिवमा ९ जना छन्। ९ मध्ये ३ जना महिला छन्।


निर्वाचन कमिटीका अनुसार अध्यक्ष कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी, बचनबहादुर सिंह र भरत साउदको उम्मेदवारी परेको छ। उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालिबहादुर शाही र हजारीसिंह साउद, गजेन्द्रबहादुर शाहीको उम्मेदवारी छ।

 सचिवमा रणबहादुर चन्द, राजेश खाति, रतनराज रेग्मी, जीवन कुमार बम छन् भने उपसचिव ९महिला ० तर्फ भागरथी विष्ट कन्दकलाकुमारी राना र अर्चना गहतराज उपसचिव खुल्लातर्फ रामदत्त जोशी, अशोककुमार चन्द, नरबहादुर बिक, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्ट छन्।