हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप हुने
2023/10/13, 10:24
 
ss

कैलालीको धनगढीमा हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा तेस्रो संस्करणको हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको विजेताले नगद २५ हजार तथा उपविजेताले नगद १५ हजार सहित ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ६ टीमको सहभागीता रहने आयोजकले जनाएको छ । लिककम नकआउटका आधारमा हुने प्रतियोगिता धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा असोज २७ र २८ गते आयोजना गरिन लागेको आयोजक खेलकुद पत्रकार मञ्चका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए ।

प्रतियोगिताको मुख्य प्रायोजक धनगढीको हिमालयन गौरीशंकर डेन्टल क्लिनिक रहेको छ । मुख्य प्रायोन सम्बन्धी सम्झौता पत्रमा हिमालयन गौरीशंकर डेन्टल क्लिनिकका सञ्चालक रतन एसके र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सचिव तथा प्रतियोगिता संयोजक विराज रोस्याराले हस्ताक्षर गरे । सुदुरपश्चिमको पहिलो निजि क्षेत्रबाट हिमालयन गौरीशंकर डेन्टल क्लिनिकले डेढ दशकदेखि दन्त सेवा दिदै आएको छ ।

धनगढीको सेती प्रादेशिक अस्पतालको सटरमा रहेको क्लिनिकले डेढ दशक अघि सुरु गरिएकोमा हाल दन्त अस्पतालको रुपमा सञ्चालन गरिएको छ । सेती प्रादेशिक अस्पतालको सटरबाट सरेर अहिले हिमालयन गौरीशंकर डेन्टल सेन्ट्रल डाईग्लोनिष्ट छेउमा सुविधा सम्पन्न रुपमा अत्याधुनिक दन्त सेवा सहित सञ्चालनमा रहेको सञ्चालक रतनकुमार एसकेले बताए ।

हिमालयन गौरीशंकर डेन्टल क्लिनिक दन्त सेवा, दन्त सेवाका प्रविधि सहित अस्पतालको रुपमा सञ्चालनमा रहेको छ । दन्त उपचारका लागि कुनै पनि अन्य स्थानहरुमा भौतारिन नपरुन् भनेर सुविधाहरु थपिएका छन् । डेन्टलमा अहिले विशेषज्ञ तथा बरिष्ठ स्वास्थ्यकर्मीहरुले सेवा दिईरहेका छन् । विशेषज्ञ दन्त चिकित्सक सहितको सेवा पनि थालेका छन् ।

सस्तो मुल्यमा सेवा दिईरहेका क्लिनिकले असहायलाई पुरै निःशुल्क सेवा दिदैं आएका छन् । दत्न उपचारका लागि हिमालयन गौरीशंकर डेन्टल क्लिनिकले अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गरेको छ । एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको सह–प्रायोजकमा माया मेट्रो हस्पिटल रहेको छ । प्रतियोगिता आयोजनामा ज्योती आयल स्टोर, नवजीवन अस्पताल, सनराईज बैंक, एभरेष्ट बैंक, फ्ल्याटल्याण्ड फुटसल लगायतले सहयोग गरेका छन ।