इजरायलमा मारिएका विद्यार्थीहरुको शव यथाशिघ्र ल्याउन पहल गरः अध्यक्ष नेपाल
2023/10/13, 10:00
 
ss

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले इजरायलमा मारिएका विद्यार्थीहरुको शव यथाशिघ्र ल्याउन सरकारले पहल गर्नुपर्ने बताएका छन् । धनगढीमा आयोजित मेची महाकाली अभियानलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कृषिसिक्न र कमाउन गएका मारिएका विद्यार्थीहरुको शव ल्याउनमा ढिलाइ भएको भन्दै यथाशिघ्र सरकारले पहल गर्नुपर्ने बताएका हुन् ।

‘कृषिसिक्न र कमाउन गएका विद्यार्थीहरु मारिनु दुखद् हो । ती विद्यार्थीका परिवारलाई सरकारले राहातदिने घोषणा गर्नु र अल्पत्रभई सम्पर्कमा आएकाहरुको उद्दार गरि स्वदेश ल्याएकोमाधन्यवाददिन चाहन्छु’ उनले भने –‘त्यहाँ मारिएका विद्यार्थीहरुको शवल्याउन पनि सरकारले पहल गरोस् । सम्पर्कविहिन रहेका नेपालीहरुको पनि उद्दार होस् । अहिले पनिविदेश केही राष्ट्रहरुमा नेपालीहरु असुरक्षित रहेकाले त्यसता राष्ट्रका नेपालीलाई यथाशिघ्र सुरक्षितबनाउनतर्फ पनिध्यानजाओस् ।’

अध्यक्ष नेपालले गेटा मेडिकल कलेज सञ्चालनमा ल्याउन बनेको शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी बनेको विधेयकलाई चाडो भन्दा चाडो सदनमा छलफलमा लग्न दबाब दिने बताए ।  उनले पार्टीले सरकारलाई सुझाव दिएर र दबाब दिएर अघि बढने बताए । उनले भने –‘जनतालाई आश्वासन होईन हामी विचार र धारणामा अघि बढ्दै सरकारलाइ सुझाव र दबाबदिनेछु ।हामीजनताका पिडामा सबैलाई ध्यान केन्द्रितगर्न चाहिरहेका छौ ।’

उनले कृषिको विकास भयो भने देशलाई विकास तर्फ लग्न सक्ने बताए । उनले भने –‘कृषिमाहामीआत्मनिर्भर हुनुपर्ने हो तर, उत्पादन नहुँदा हामी आयात गर्दै कृषिमा परनिर्भर बनिरहेका छौं । हामीले युवाहरुलाई कृषिमा लगाएर रोजगारीका साथै देशको अर्थतन्त्रमा सुधार ल्याउन सक्छौं ।’ उनले राष्ट्रमा गरिवि, वेरोजगारी, पछ्यौटेपन प्रमुख समस्या बनेको बताउँदै ‘यी कुराको अन्त्यका लागि सरकारले नीतितथा योजना ल्याउनुपर्ने छ ।’

उनले अहिले सरकार र कर्मचारीबाटै भ्रष्टाचारीको संरक्षण हुँदाआर्थिक अनियमितता बढ्दै गएको बताए । उनले भने–‘नेता र कर्मचारी भ्रष्टचारमा संलग्न हुनुहुन्न । यदित्यसो भयो भने उनीहरूबाट बन्ने नीतितथा ऐनहरु स्वार्थसंग बाँझिएका हुन्छन् ।’ उनले पार्टी नयाँ ढंगले अघि बढ्ने बताउँदै ‘यथास्थितिमा हामी चल्न चाहदैनौं ।’