एनएसजेएफ मिडिया कपको उपाधि पत्रकार महासंघ कैलालीलाई
2023/10/16, 11:14
 
aa

धनगढीमा भएको तेस्रो हिमालयन गौरीशंकर डेण्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोतिाको उपाधि नेपाल पत्रकार महासंघ कैलाली शाखाले हात पारेको छ । प्रतियोगिताको फाईनलमा आयोजक खेलकुद पत्रकार मञ्च कैलालीलाई ७–३ गोल अन्तरले पराजित गर्दै महासंघ प्रथम भएको हो । उपाधिसंगै महासंघले नगद २५ हजार र ट्रफी प्राप्त गरेको छ । उपविजेता खेलकुद पत्रकार मञ्चले १५ हजार नगद र ट्रफी हात पारेको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी पत्रकार महासंघका दीपक उपाध्याय भए । सर्वाधिक गोलकर्ता महासंघकै शंकर बोहरा भए । उत्कृष्ट गोलकिपर आयोजक खेलकुद पत्रकार मञ्चका सिताराम ओझा भए । फेयर प्लेको उपाधि घोडाघोडी पत्रकार टीमलाई प्रदान गरिएको छ । 
यसअघि आयोजक, महासंघ सहित चडेपानीपत्रकार समुह, फुलबारी खबर, घोडाघोडी पत्रकार टीम गरि ५ टिम बीच लिग आयोजना गरिएको थियो । लिगको विजेता बन्दै महासंघ र उपविजेता बन्दै खेलकुद पत्रकार मञ्च उपाधिका लागि भिडेका थिए । दुई दिनसम्म धनगढीको फल्याटल्याण्डमा भएको प्रतियोगिताको सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले उद्घाटन गरेका थिए । 

प्रतियोगिताको मुख्य प्रायोजक धनगढीको हिमालयन गौरीशंकर डेन्टल क्लिनिक रहेको थियो । ।प्रतियोगितालाई धनगढी उप महानगरपालिका,  माया मेट्रो अस्पताल, लक्ष्मी सनराईज बैंक, एभरेस्ट बैंक, ज्योती आयल स्टोर, एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज लगायतले प्रायोजन गरेका थिए ।