
कैलालीमा बुवाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जानकी गाउँपालिका ३ लाइकपुर चौधरी गाउँ बस्ने २४ वर्षीय गणेश चौधरी छन् । ४५ वर्षीय बुवा हिरासिंह चौधरीको हत्या गरेको आरोपमा उनलाई प्रहरीले शनिवार राति पक्राउ गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार गणेशले घरायसी विवादको क्रममा ढुङ्गाले प्रहार गर्दा हिरासिंहको घटनास्थलमै मृत्यु भएको थियो। घटनाको बारेमा खबर पाए लगतै इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले गणेशलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/10, 9:15
2021/05/05, 9:33
2021/11/27, 9:26