
कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा खुल्ला भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ। तुल्सीपुर सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा खुल्ला भलिबल प्रतियोगिताको हुन लागेको हो।

प्रतियोगिता कार्तिक १६ देखि सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताको प्रथम हुने टिमलाई ५१ हजार, द्वितीयलाई ३१ हजार र तेस्रोलाई १५ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने तुल्सीपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुस्कलबहादुर बमले बताए।
खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत बेस्ट प्राईज दिइने छ। उनका अनुसार टिम दर्ता शुल्क २ हजार ५ सय राखिएको छ। खेलमा सहभागीता हुन चाहानेले १५ गते बेलुका सम्म टीम दर्ता गरिसक्नुपर्ने छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/10, 9:15
2021/05/05, 9:33
2021/11/27, 9:26