सुदूरपश्चिममा एम्बुलेन्स प्रकरणः खरिदमा प्रतिस्पर्धा भएन, टाटालाई दिन नक्कली कागजात पेस (भिडियो सहित) 
 
ambulence

सुदुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले किनेका एम्बुलेन्सहरुका विषयमा किन्नेदेखि वाड्नेसम्म दुई दर्जन वढी त्रुटी नै त्रुटी भएका छन् । प्रदेशका विभिन्न १६ वटा निर्वाचनहरुमा वितरण गरिएका एम्बुलेन्स खरिदमा मिलोमतोदेखि करौडौं अनियमितता गरिएको आरोप लाग्दै आएको छ । तर एक गल्ती लुकाउँदा अर्को गल्ती उदांगो हुँदा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, मन्त्री र कर्मचारीहरुले आफ्नै थोती फुस्किएको थाहा पाएको छैन् ।

खरिद प्रक्रियादेखि वितरणसम्म सधैं चर्चामै रहेको एम्बुलेन्स खरिद प्रकरण अहिले सार्वजनिक लेखा समितिले दुई दर्जन वढी गल्तीहरु गरिएको प्रमाण फेला पारेपछि सुदुरपश्चिमको राजनितिक फेरि गर्मराएको छ । १६ वटा एम्बुलेन्स खरिदमा प्रतिस्पर्धा नगराएको निष्कर्ष छानविन उप समितिको छ ।

स्पेशिफिकेशनमै ४०७ मोडेल उल्लेख भएकाले एउटा मात्रै सप्लायर्सलाई ठेक्का पार्ने चलखेल भएको निष्कर्ष छानविन समितिको छ । एउटा मात्रै कम्पनीको मूल्यमा आधारित मूल्य सूची बनाईएको समेत प्रतिवेदनमा उल्लेख छ । टाटाका सवारी साधनलाई नियतवस जडान गरेर एम्बुलेन्स बनाएको र लागत अनुमान परिवर्तन गर्दा पुनः निर्णय नगरिएको पनि छानविन उपसमितिको प्रतिवेदनमा उल्लेख छ । सम्झौता गर्दा उपकरणहरु टाटा कम्पनीको प्रयोग गर्ने भनिएकोमा फरक फरक कम्पनी र फरक फरक उत्पादन वर्ष भएका उपकरणहरुको प्रयोग भएको ठहर छानविन उपसमितिले गरेको छ । 

ईच्छाएकोलाई दिन अर्को कम्पनीका कागजात नक्कली पेस
एम्बुलेन्स खरिदमा टाटा कम्पनीलाई टेण्डर दिनका लागि सहभागीता जनाएको अर्को कम्पनीले नक्कली कागजातहरु पेस गरेको छ । जस्तो की कम्तिमा पनि ५ हजारको विड किन्नुपर्नेमा तीन हजारको किनेको छ भने वैंकमा रकम जम्मा गरेको मिति पुस ३२ गते राखिएको छ ।

टाटा कम्पनीले आफै दर्ता गरेको निशान कम्पनीको टेण्डर विट हुँदा विट गर्नेलाई राम्ररी थाहा हुँदा हुँदै पनि आफु फेल भएर टाटाको पास हुने गरी टेण्डरमा सहभागीता जनाएको छ । वोलपत्र आव्हानमा एउटा मात्रै कम्पनी सहभागी भएमा पनि टेण्डर स्वीकृत गर्ने प्रावधान रहेको छ ।