कञ्चनपुरको सामुदायिक वनमा महिलाको शव फेला
2023/11/06, 12:15
 
aa

कञ्चनपुरको एक सामुदायिक वनमा महिलाको शव फेला परेको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुर स्थित वातावरण मध्यवर्ती सामुदायिक वनमा शङ्कास्पद अवस्थामा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

आइतबार साँझ घाँस काट्न गएकी उनी अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दै जाँदा सोमबार विहान मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए। आज सोमबार बिहान अन्दाजी ६०/६५ वर्षीया नन्दादेवी जोशीको शव फेला परेको प्रहरी नायव उपरीक्षक डाँगीले बताए। कञ्चनपुर प्रहरीले घट्ना संकास्पद रहेको र यस विषयमा थप अनुसन्धान गरिरहेको बताएको छ।