धनगढी एफसीमा मिडफिल्डर ओमप्रकाश अनुबन्धित
2023/11/06, 12:27
 
ss

धनगढी एफसीले दास्रो संस्करणको नेपाल सुपर लिग ९एनएसएल०का लागि कैलालीका प्रतिभावान युवा मिडफिल्डर ओमप्रकाश चौधरीलाई अनुबन्धित गरेको छ।

‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको साविक उपविजेता धनगढी एफसीले प्लानिङ ब्वाइजलाई यस वर्ष सी डिभिजनबाट बी डिभिजनमा उकाल्न महत्वपूर्ण भूमिका खेलेका प्रतिभावान मिडफिल्डर ओमप्रकाशसँग यस सिजनका भित्र्याएको हो । सुदूरपश्चिम ११ स्पोर्टस क्लबबाट देशका विभिन्न भागमा हुने गोल्डकपहरु समेत खेलेका ओमप्रकाश र धनगढी एफसीका अध्यक्ष सुवाश शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

सम्झौता पत्रमा हस्ताक्षर पश्चात ओमप्रकाशले स्थानीय खेलाडीका रुपमा होम टाउनको टोलीसँग अनुबन्ध हुन पाउँदा खुशी व्यक्त गरे । ‘धनगढी एफसीमा सम्झौता गर्न पाउँदा एकदमै खुशी छु। पहिलो सिजनको उपविजेता टोलीमा सम्झौता गर्न पाउँदा निकै हर्षित छु । यसपटक टोलीमा पाएको मौकाहरुको पूर्ण सदुपयोग गर्दै टोलीलाई एकस्थान माथि पुर्याउन भूमिका खेल्ने प्रतिबद्धता जनाउँछु। अवसरका लागि टोली सम्पूर्ण टोली व्यवस्थापकलाई धन्यवाद ज्ञापन गर्दछु,’ उनले भने। यस्तै धनगढी एफसीका अध्यक्ष सुवाश शाहीले मिडफिल्डर ओमप्रकाशलाई स्वागत गर्दै उनको आगमनले टोली थप मजबुद बन्ने प्रतिक्रिया व्यक्त गरे।