फारवेष्ट पशुपति कप मंसीर २२ गतेदेखि
2023/11/08, 4:21
 
ss

छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता आगामी मंसीर २२ गतेदेखि आयोजना हुने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक फारवेष्ट पशुपति युवा क्लबले प्रतियोगिता मंसीर २२ गतेदेखि आयोजना गर्ने जानकारी दिएको हो । पाचौं संस्करणको आयोजनापछि तीन बर्ष रोकिएको प्रतियोगिताको छैठौं संस्करण मंसीर २२ गतेदेखि २९ गतेसम्म धनगढी रङ्गशालामा हुने भएको हो । 

6

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए । प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् । सबै धनराशी जोडेर आठ लाख ७० हजार नगद पुरस्कार दिईने आयोजक फारवेष्ट पशुपति युवा क्लबले जनाएको छ । 

s

धनगढी रङ्गशालामा आयोजना हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहने क्लबका सचिव ललित मिश्रले जानकारी दिए । उनका अनुसार प्रतियोगिता आयोजनामा झण्डै ४९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको लागि आयोजक क्लबले प्रायोजक तथा प्रबद्र्धकहरुको खोजी गरिरहेको छ ।