आगलगाीबाट पाँच दशक पुरानो गोदाम ध्वस्त
गोदाममा सञ्चालित अस्पतालका बिरामी अन्यत्र सारिए
2023/11/18, 2:24

पाँच दशक पुरानो गोदाममा संचालित अस्पताल आगलागीबाट ध्वस्त भएको छ । धनगढीमा राति भएको भीषण आगलागीले सारथि अस्पताल जलेर ध्वस्त भएको छ । अस्पतालसंगै जोडिएर बनेको जुत्ता चप्पलको गोदामबाट विद्युत सर्ट भई सुरु भएको आगलागीले अस्पताल नै ध्वस्त भएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा ४ वर्षदेखि करोडौँको लगानीमा सञ्चालनमा आएको सो अस्पताल आगलागीले ध्वस्त बनेको हो । अस्पतालका प्रबन्ध निर्देशक वेदप्रकाश जोशीका अनुसार अचानक आगलागी हुँदा त्यहाँ उपचाररत बिरामीलाई राति नै अन्यत्र सारिएको छ ।
मानवीय क्षति नभए पनि आगलागीले अस्पतालका यन्त्र उपपकरणहरुमा ठुलो क्षति भएको जोशीले बताए । उनले क्षतिको विवरण तत्काल आकलन गर्न गाह्रो भएको बताए । आगलागीबाट अन्य आधा दर्जन बढी पसलमा समेत क्षति पुगेको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/10, 9:15
2021/05/05, 9:33
2021/11/27, 9:26