
सेती प्रादेशिक अस्पताल परिसरमा रहेका तीन होटलबाट अखाद्य बस्तु बरामद गरी नष्ट गरिएको छ ।उपमहानगरको बजार व्यवस्थापन टोलीले सेती प्रादेशिक अस्पताल परिसरमा रहेका तीन होटलबाट अखाद्य बस्तु बरामद गरी नष्ट गरेको हो ।

उपमहानगरपालिकाका अनुसार खाना तथा नास्ता पसल, भूमिराज र डडेलधुरा होटलमा अखाद्य बस्तु बरामद गरेको जनाएको छ ।खाना तथा नास्ता पसलबाट बिग्रिएको मम ४०, मुसाले खाएको चाउचाउ तीन प्याकेट, बासी समोसा तिन वटा र रंग प्रयोग गरेको कुखुराको मासु तीन केजी बरामद गरेको थियो ।
यस्तै, भूमिराज होटलबाट बासी समोसा ११, २ थाली भात, कुखुराको मासु ५०० ग्राम, रोस्ट ५०० ग्राम बरामद गरेको थियो भने डडेलधुरा होटलबाट रंग प्रयोग गरेको चाउमिन ५०० ग्राम, बासी समोसा २० वटा र सेमी ५०० ग्राम बरामद गरेको थियो ।
