
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ मा आफ्नै छिमेकीले धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या गरेका छन् । शनिबार राति १० बजे तिर ४७ वर्षीय गोपाल कुँवरलाई छिमेकी गोरे भनी चिनिने ४० वर्षीय गोरखबहादुर खड्काले घाँटीमा बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

छिमेकीहरुका अनुसार, कुँवर र खड्का बीच एकापसमा सामान्य विवाद हुँदा खड्काले बन्चरो प्रहार गरी हत्या गरेको खुलेको छ । घटनापछि आरोपित खड्का फरार रहेको र उनको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीका प्रहरी निरीक्षक वकिलबहादुर सिंहको भनाइ छ ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/07, 12:53
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00