
दार्चुलामा जिप दुर्घटना भएको छ। खलंगा–दल्लेख सडकखण्डमा आज (बिहीबार) जिप दुर्घटना हुँदा ६ जना सामान्य घाइते भएका छन्। सदरमुकाम खलंगाबाट काँटैतर्फ गइरहेको ना १ ज ३१०४ नम्बरको जिप महाकाली नगरपालिका–३ काटैस्थित खोलामा सडकमै जिप पल्टिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए।

घाइते हुनेमा महाकाली नगरपालिका-५ मोती बस्ने रमिता भट्ट, महाकाली नगरपालिका-३ का ७२ वर्षीया बीरादेवी भट्ट, महाकाली नगरपालिका-२ बुडीचौरका ६८ वर्षीया मानमती बडू, ७० वर्षीया उजलीदेवी फराल, झस्कुका ४८ वर्षीय देवदत्त भट्ट र महाकाली नगरपालिका-४ की ३५ वर्षीया यशोदा अवस्थी रहेका छन्। घाइते सबैको अवस्था समान्य रहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/22, 12:58
2020/08/19, 9:02
2021/01/29, 2:55