
बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। शुक्रबार बिहान दशरथचन्द राजमार्ग अन्तर्गत सुर्नया गाउँपालिका २ स्यागैरमा से १ ज ६८७ नम्बरको जिप अनियन्त्रित भएर सडक छेउमै पल्टिएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले दशरथचन्द नगरपालिका १ श्रीखण्डबाट जन्ती बोकेर पाताल भुवनेश्वरतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा तीन जना समान्य घाइते भएका बताए ।
घाइते हुनेमा दशरथचन्द नगरपालिका १ का १५ बर्षीया डम्मरी भट्ट, १५ बर्षीया पूजा भट्ट र १२ बर्षीय सुशील भट्ट रहेका छन् । उनीहरुको अवस्थामा समान्य रहेको प्रहरीले जनाएको छ । जिप चालक पदमसिँह भाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/23, 7:56
2021/06/18, 10:28
2022/02/13, 4:22
2023/02/28, 6:10