
कैलालीको घोडाघोडीका १२ मुक्तकमैया परिवारलाई सुरक्षित आवास हस्तान्तरण गरिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ३ सृष्टिनगर मुक्त कमैया बस्तीका नागरिकलाई सुरक्षित आवास हस्तान्तरण गरिएको हो।

सीमान्तकृत वर्गका १२ परिवारलाई मङ्गलवार सुरक्षित आवास हस्तान्तरण गरिएको छ। घोडाघोडी नगर प्रमुख खडकबहादुर रावतले ती परिवारहरूलाई मङ्गलवार एक कार्यक्रमबिच आवास हस्तान्तरण गरेका हुन्।
सृष्टिनगर मुक्त कमैया बस्तीमा दुई वटा पक्की कोठा र शौचालयसहित १२ वटा आवास निर्माण गरिएका छन्। घोडाघोडी नगरपालिकाको ४२ लाख, सुरक्षित आवास परियोजना ह्याविट्याट/राष्ट्रिय दलित नेटवर्क नेपालबाट २४ लाख रुपैयाँको लागतमा सुरक्षित आवास निर्माण गरिएको हो।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/23, 5:05
2021/10/15, 9:42
2020/07/30, 11:31
2023/10/11, 12:40