
कैलालीमा मोटरसाइकल एक आपसमा ठोकिदा एक युवकको मृत्यु भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिकाको वडा नम्बर- २ बौनिया गाउँ नजिक महेन्द्रराजमार्गमा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

बुधवार बेलुका सुमन थारुले चलाएको से ७ प ५३४७ र लवकुश चौधरिले चलाएको सुदूरपशिचम प्रदेश ०१००१० प १९०२ नम्बर को मोटरसाइकल एक आपसमा ठोकिदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि बर्दगोरिया गाउँपालिका वडा नम्बर- २ का २५ वर्षीय सुमन थारुको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा राति मृत्यु भएको जनाइएको छ। घाईते भएका बर्दगोरिया-२ कुम्भियाका ४९ वर्षीय लवकुश चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बौनियाले जानकारी दिएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/16, 12:28
2020/10/20, 9:43
2021/03/09, 12:11