परराष्ट्र मन्त्री साउदद्वारा नवनिर्मित प्रशासकीय भवनको उद्घाटन 
2023/12/02, 11:24
 
ss

कञ्चनपुरको पुनर्वास नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ। परराष्ट्र मन्त्री एनपी साउदले शनिवार अपराह्न पुनर्वास नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेका हुन्। भवन उद्घाटन गर्दै परराष्ट्र मन्त्री एनपी साउदले तीन वटै तहका सरकारले समन्वय गरेर कार्य गरेमा नागरिकले सहज सेवा पाउने बताए।

१ करोड ६९ लाख २२ हजार ४८० लागतमा भवन निमार्ण गरिएको हो। नगरपालिका र सङ्घीय सरकारको संयुक्त लगानीमा भवन निर्माण गरिएको नगर उपप्रमुख भुलियाकुमारी रानाले बतााइन्।

भवन निर्माणसँगै थप प्रशासनिक कामकाज तथा कार्य सम्पादनमा सहजता हुने पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले बताए। भवन अपाङ्गतामैत्री, सुविधायुक्त मिनी सभा हल सहित सम्पूर्ण शाखा एकै भवनमा रहने गरी निर्माण गरिएको नगरपालिकाले जनाएको छ।