सुदूरपश्चिममा बैंक तथा वित्तिय संस्थाको एक खर्व ५१ अर्व लगानी
2023/12/04, 10:52
 
ss

बैंक तथा वित्तिय संस्थाले सुदूर पश्चिममा एक खर्व ५१ अर्ब लगानी गरेका छन् । नेपाल राष्ट्र बैंक धनगढीका अनुसार देशभरीमा ४८ खर्ब, ७६ अर्व लगानी गरेका बैंक तथा वित्तिय संस्थाले सुदूरपश्चिममा भने अत्यन्त न्यून लगानी गरेको पाईएको छ ।

बैंक तथा वित्तिय संस्थाहरुले देशभरीमा सेवा क्षेत्रमा ३१ खर्ब ३१ अर्ब लगानी गरेका छन् । सुदूर पश्चिममा भने एक खर्व ८ अर्व लगानी रहेको छ । त्यस्तै देशभरीमै सबैभन्दा बढि क्षमता रहेको सुदूर पश्चिमको जलविद्युत क्षेत्रमा पनि न्यून लगानी छ ।

बैंक तथा वित्तिय संस्थाको लगानीले देशभरीमा जल विद्युत क्षेत्रमा तीन खर्व सात अर्व लगानी गरेका छन् । सुदूरपश्चिममा भने न्यून लगानी छ । सुदूर पश्चिममा जलविद्युतमा देशभरीको लगानीको तुलनामा चार प्रतिशत मात्र लगानी रहेको छ । यो लगानी सुदूरपश्चिमको जल विद्युत क्षमताको ०.७ प्रतिशत हो ।