कञ्चनपुरको एक बाख्रा गोठमा आगलागी
2023/12/05, 1:22
 
aaglagi

 कञ्चनपुरको एक बाख्रा गोठमा आगलागी भएको छ। बेलौरी नगरपालिका–१ का प्रदेसु चौधरीको गोठमा सोमबार आगलागी भएको हो।

गोठ बाहिर भुसामा बालेको आगो सल्कन गई गोठभित्र रहेका पाइप, काठ, धान जली करिब १ लाख ५० हजार बराबरको क्षति भएको बताइएको छ। आगलागीबाट एउटा खसि मरेको र दुई खसि घाइते छन् । आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।