
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भादा होमस्टेका अध्यक्ष लक्ष्मी चौधरीले तीन माग राखेका छन् । धनगढी उपमहानगरपालिका १६ स्थित आफ्नो घरमा खाना खुवाउँदै उनले त्यस क्षेत्रको बिकास र पर्यटन प्रवर्द्धनका लागी माग राखेका हुन् ।

उनले प्रधानमन्त्रीलाई भादामा रहेको जोगनिया ताललाई पर्यटकिय स्थल बनाउनु पर्ने, स्वच्छ खानेपानीको लागि ट्याङ्की निर्माण गरिदिनु पर्ने र थारु सङ्ग्रह निर्माण गर्न आग्रह गरेका हुन् ।
जवाफमा प्रधानमन्त्रीले सबै माग सम्बोधन गर्ने बताए । भादा होम स्टेका अध्यक्ष चौधरी अघिल्लो कार्यकालका वडाध्यक्ष पनि हुन् । सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड धनगढी १६ भादामा आयोजित रूपान्तर अभियानमा सहभागी हुन घसेटा पुगेका थिए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/16, 12:28
2020/10/20, 9:43
2021/03/09, 12:11