सुदूरपश्चिम महोत्सवमा आजः पुष्कल शर्मा, टेक बीसी र नरेश जोशीको प्रस्तुती
2023/12/11, 11:16

सुदूरपश्चिम महोत्सवको चौथो दिन चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने भएको छ। आज सोमवार चर्चित लोकदोहोरी गायक पुष्कल शर्मा, टेक बीसी र नरेश जोशी आउने कार्यक्रम संयोजक मिलन कुँवरले बताए ।

त्यसैगरी कार्यक्रम उद्घोषण गायीका मञ्जु पौडेल रहने र स्थानीय कलाकार पुष्पा बडैला,संगीता शाह लगायतको समेत विशेष प्रस्तुती रहने संयोजक कुँवरले जानकारी दिए । मंसिर २२ गतेबाट सुरु भएको महोत्सव पुष २ गतेसम्म चल्ने छ।
यस बर्षको महोत्सवमा थारु गाउँ ,फोटो प्रर्दशनी , स्थानीय परिकार,कला संस्कृति मुख्य आर्कषण रहेका छन्। महोत्सवको टिकट मोवाइल वालेट खल्तीबाट किन्न सकिने आयोजकले जनाएको छ। साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/16, 12:28
2020/10/20, 9:43
2021/03/09, 12:11