
जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्र अवरुद्ध बनेको छ। अविरल वर्षाका कारण बाउली खोलाले विद्युत्को नहर भत्काएपछि सेवा अवरुद्ध बनेको विद्युत् सञ्चालक समितिका अध्यक्ष अशोक रावलले बताए।

वर्षा निरन्तर रुपमा परिरहेकाले मर्मत गरी सञ्चालन गर्न समस्या भएको उहाँले जानकारी दिए। शुक्रबार राति आएको वर्षाले अवरुद्ध बनाएको विद्युत् सेवा मर्मत गरेर पुनः सञ्चालन गरिएको भए पनि मध्यराति बाउली खोलामा बाढी आएर बगाएपछि विद्युत् सेवा नै बन्द भएको थियो।
पटक पटक अवरुद्ध हुँदा सेवाग्राही हैरान बनेका छन्। विद्युत् अवरुद्ध हुँदा जिल्लामा सञ्चालन हँदै आएका रेडियो, अनलाइन पत्रिका र अन्य दैनिक काम ठप्प बनेका छन्।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/07, 12:53
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00