
धनगढीमा झन्डै तीन किलो चरेससहित एक जना पक्राउ परेको छन् । बझाङको रायल स्वास्थ्य केन्द्रको एम्बुलेन्समा राखिएको २ किलो ८ सय ग्राम चरेससहित प्रहरीले एम्बुलेन्स चालक केदारस्यु गाउँपालिका ३ का ३७ वर्षीय रामबहादुर खातीलाई पक्राउ गरेको हो ।

बझाङबाट बिरामी ल्याएर धनगढी आएका एम्बुलेन्स चालक खातीबाट चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनलाई धनगढी ३ स्थित बोराडाडी क्षेत्रबाट सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी, संघिय प्रहरीको टिम, जिप्रका कैलाली र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले समातेको हो।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/16, 12:28
2020/10/20, 9:43
2021/03/09, 12:11