
प्रहरीले धनगढीमा २ ग्राम ३ सय ६० मिलिग्राम ब्राउनसुगरसहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–२ फन पार्कबाट उक्त परिमाणको ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित कैलालीकै गोदावरी नगरपालिका–१ का २५ वर्षीय बिजय बिष्टलाई सोमबार दिउँसो पक्राउ गरिएको हो ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले शंका लागेर चेकजाँच गर्दा विष्टको साथबाट उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/16, 12:28
2020/10/20, 9:43
2021/03/09, 12:11