टस हारेर भारतविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
2023/12/12, 11:31
 
iccc mwehriwhr

नेपालले एसिसी यू(१९ एसिया कपको समूहचरणको अन्तिम खेलमा भारतविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ। दुबईको आइसिसी एकेडेमी ओभलमा भारतले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो।

समूहको शीर्ष दुईमा रहने टिम सेमिफाइनलमा पुग्ने भएकाले गणतिय सम्भावना बोकेको नेपालविरुद्ध भारत फराकिलो जितको लक्ष्यमा रहेको छ। त्यस्तै, अर्को खेलमा अफगानिस्तानले टस जितेर पाकिस्तानलाई पहिले ब्याटिङको निम्ता दिएको छ। तीन टिमको सेमिफाइनल सम्भावना उच्च रहँदा नेपालका लागि भने प्रतियोगितामा औपचारिकता मात्र बाँकी छ।

नेपालको नेटरनरेट माइनस २।०२४, रहँदा भारतको ०।४५४ र अफगानिस्तानको ०।२०३ रहेको छ। पाकिस्तान भने ४ अङ्क सहित १।५६३ रनरेट सहित पाकिस्तान सेमिफाइनल यात्रामा सर्वाधिक अघि रहेको छ। भारत र नेपालबिच पछिल्ला ५ यू(१९ खेलमा नेपाल एकपटक भारतलाई हराउन सफल भएको छ। २०१७ मा यू(१९ एसियाकपमा नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो। तत्कालिन कप्तान दीपेन्द्रसिंह ऐरीले ८८ रन तथा ४ विकेट लिँदै अलराउन्ड प्रदर्शन गर्दा भारत पराजित भएको थियो।

त्यसपछि २०१८ मा पछिल्लो पटक नेपाल र भारत उमेर समूहमा भिडेका थिए। जहाँ भारतले १ सय ७१ रनको फराकिलो जित निकाल्यो। त्यसअघिका खेलमा पनि नेपालले भारतलाई हराउन सकेको थिएन।