भारतसँग नेपाल ५२ रनमै अलआउट
2023/12/12, 1:32
 
uritut5de

यू(१९ एसिया कप अन्तर्गत भारतविरूद्ध नेपालले कमजोर ब्याटिङ गरेको छ। दुबईस्थित आइसिसी एकेडेमी ओभल(२ मा भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल २२।१ ओभरमा ५२ रनमै अलआउट भयो।

पाँच ओभरदेखि विकेट गुमाउन थालेको नेपालको दश ओभर चल्दा महत्वपूर्ण छ विकेट पतन हुँदा सुरूमै संकटमा परेको थियो।पहिलोदेखि छैटौं विकेट गुमाउँदा नेपालले १२ रन मात्र जोड्न सकेको थियो। नेपालविरुद्ध भारतका तीव्र गतिका बलर राज लिम्बानीले सुरूवातदेखि नै घातक बलिङ गरेका थिए। 

नेपालका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। पाँचौ ओभरको दोस्रो बलमा नेपालका ओपनर दीपक बोहरालाई भारतका राज लिम्बानीले १ रनमै आउट गरे। नेपालले सातौं ओभरको दोस्रो बलमा दोस्रो विकेट गुमायो। उत्तम थापा मगर शून्यमा राजबाटै बोल्ड भए। यस्तै आठौं ओभरमा तेस्रो बलमा अर्जुन कुमाल ७ रनमा क्याच भए। 

कप्तान देव खनाल नवौ ओभरको पाँचौ बलमा २ रन र दीपक डुम्रे छैटौं बलमा शून्यमा आउट भए। दुवैलाई राजले नै पेभिलियनको बाटो देखाए।
दशौं ओभरको पाँचौ बलमा गुल्सन झा ४ रनमा आराध्य शूक्लाको एलबिडब्लूको धरापमा परे। जसका कारण नेपालले १० ओभरमा ६ विकेट गुमाउँदा २१ रन मात्र जोड्यो। 

सातौं विकेटको रुपमा दीपक बोहरा ुबीु १२।५ ओभरमा ७ रन जोडेर आउट भए। यस्तै दिपेश कँडेल पनि ७ रनमै आउट भए। सुवास भण्डारी २ रन र हेमन्त धामी ८ रनमा आउट हुँदा नेपालका कुनै पनि ब्याटर दोहोर अंकमा रन बटुल्न सफल भएनन्। 

नेपालले खेलमा केवल ४ चौका मात्र प्रहार गर्न सक्यो। बलिङमा भारतका राज लिम्बानीले ७ विकेट लिए। उनले ९।१ ओभरमा ३ मेडन राख्दा केवल १३ रन मात्र खर्चिएका थिए। उनी सुरुवातको ओभरदेखि नै नेपाली ब्याटरमाथि हाबी बनेका थिए।  यस्तै आराध्य शुक्लाले पनि २ विकेट लिन सफल भए। उनले ९ ओभरमा २ मेडन राख्दा ३१ रन खर्चिए।

समूह ‘ए’ मा रहेको भारत र नेपाल दुबैले समूह चरणको अन्तिम खेलेका हुन्। यसअघि समूह चरणको दुई खेलमा भारतले एक जित र एक हार व्यहोरेको थियो। उसले अफगानिस्तानविरूद्ध सात विकेटको जित निकाल्दा पाकिस्तानसँग ८ विकेटको हार व्यहोरेको थियो।

नेपाल भने समूह चरणको दुबै खेलमा पराजित भएको थियो। नेपाल अफगानिस्तानसँग ७३ रन र पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो।
अंक तालिकामा पाकिस्तान ४ अंकसहित शीर्षस्थानमा छ भने भारत र अफगानिस्तान २र२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन्। नेपाल भने अंकबिहीन हुँदै पुछारमा छ।