धारिलो हतियार प्रयोग गरी बैतडीमा एक महिलाको हत्या
2023/12/13, 10:33
 
dd

बैतडीमा धारिलो हतियार प्रयोग गरेर एक महिलाको हत्या गरिएको छ। जिल्लाको सुर्नया गाउँपालिका–३ बिजुलका करिब ३२ बर्षीय तेजबहादुर चन्दले सोही स्थानकी करिब ५६ बर्षीया हरिना बिष्टको धारिलो हतियार प्रयोग गरि हत्या गरेका हुन्। चन्दले मंगलबार दिउँसो घरमै पुगेर बिष्टको सब्बल, हसिया लगायत हतियारको प्रयोग गरेर हत्या गरेको स्थानीय भुवन भट्टले बताए।

बिष्टको शव क्षतविक्षत अवस्थामा घरको ढोकामा रहेको छ। इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले चन्दलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए। चन्दले दिउँसै महिलाको हत्या गरेर बितण्डा मच्चाएपछि स्थानीय त्रसित बनेका थिए।

स्थानीयले घटनाको विषयमा खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको हो। मानसिक सन्तुलन ठीक नभएका चन्दले बिष्टको हत्या गर्नुका साथै उनको गोठमा रहेका दुई बाख्रा समेत मारिदिएका छन्। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए।