सुदूरपश्चिमका सांसदको भरणपोषणका लागि थालिएको एक पैसे अभियान अन्तर्गत संकलन गरिएको ४७८ रुपैँया बुझाईयो
2020/07/05, 3:31

सुदूरपश्चिम प्रदेशका सांसदको भरणपोषणका लागि संकलन गरिएको रकम बुझाईएको छ । कोरोना महामारीका बेला प्रदेश सरकारले सांसदहरुको सेवा सुविधा बृद्धि गरेपछि खबरदारीका लागि युवा समूहले एक रुपैँया अभियान सञ्चालन गरी संकलन गरेको रकम हुलाक मार्फत मुख्यमन्त्री कार्यालयलाई बुझाईएको हो ।

प्रदेश सरकारले जनप्रतिनिधिहरुको सेवा सुविधा वृद्धि गरी आम नागरिकको ढाड सेक्न काम गर्न थालेपछि युवाहरुको समुहले विरोध स्वरुप एक रुपैया संकलन अभियान चलाएको थियो । सो अभियानबाट संकलित चार सय ७८ रुपैँया मुख्यमन्त्री कार्यालयलाई बुझाईएको युवा समूहका संयोजक सुरेन्द्र शाहले बताए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/23, 11:23
2024/02/06, 11:49
2021/06/30, 1:41
2022/03/05, 12:04
2020/08/08, 4:39