
कैलालीको धनगढीस्थीत फूलबारीमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १४ बहुलियामा मङ्गलवार अटो र मोटरसाइकल आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार कैलारी गाउँपालिका वडा नम्बर ९ का सञ्जु चौधरीले चलाएको से २ प २५७१ नम्बरको मोटरसाइकल र धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का अमर विकले चलाएको सुदूरपश्चिम प्रदेश ०२–००१ ह १८३१ नम्बरको अटो ठोकिएका हुन्।
दुर्घटनामा ६९ वर्षीया कल्पन्ना परियार घाइते भएकी छन्। उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/16, 12:28
2020/10/20, 9:43
2021/03/09, 12:11