बैतडीको त्यो क्रुर घटनाः गाईरभैँसी पछि घरको ढोका तोडेर सब्बल र हँसियाले महिलालाई क्षतबिक्षत
2023/12/13, 4:04
 
dd

मंगलबार दिउँसोको समयमा बैतडीको सुर्नया गाउँपालिका–३की ५६ वर्षीया हरिना बिष्ट घरयासी कामममा व्यस्त थिइन् । घरमा रहेका अन्य सदस्यमध्ये श्रीमान गोठाला गएका थिए भने बुहारी मेलापात गएकी थिइन । बुहारी काममा गएकी थिइन् । जेठी नातनी शुसिला विद्यालयबाट घर फर्किएकी थिइन् । उनि २ वर्षीय भाईसँग थिइन् ।

छिमेकी समेत रहेका तेज बहादुर चन्द एक्कासी आक्रमक व्यवहार देखाएर आफुतिर आएको चाल पाएपछि हरिना दगुर्दै घर भित्र पसिन् । मानसिक सन्तुलन गुमाएका चन्द एकसरो हरिनाकै पछि परेर ढोका फोड्न थाले । त्यसबिचमा हरिनाले जेठी नातनी सुशिलालाई घरभित्रैबाट “भाईलाई लगेर भाग” भनेपछि शुसिला घरको कान्लामा लुग्न सफल भइन् ।

सब्बलले केहीबेरमा ढोका फोडेर भित्र गएका चन्दले सब्बलले टाउँकोमा बजारे । त्यसपछि शरिरका अन्य भागमा सब्बल र घरभित्र भेटिएका अन्य हातहतियार प्रयोग गरी बीभत्स हत्या गरेर शवलाई ढोकामा लछारेर बाहिर आए । ढोकामा शव फालेका चन्दले घरनै रगताम्मे भइसकको थियो ।

त्यसपछि घरमा रहेका साना बाख्राका दुई पाठालाई समेत हतियार प्रयोग गरेर निमोठेर मारे । चन्द त्यतीकैमा रोकिएनन् । सोही घरमा रहेका अन्य पशुचौपाया र छिमेकी पदम बिष्टको गोरुको टाउकोमा सब्बल बजारे र भैसीलाई समेत सब्बलले हानिरहे । गोरु र भैँसी किलो उखेलेर भागे । स्थानीयहरुका अनुसार अझैपनि भैँसी र गोरु घर फर्किएका छैनन् । उक्त घटना भएको केही समयसम्म स्थानीय समेत गाउँ नै छाडेर भागेका थिए । हतियार सहित प्रहरी घटनास्थलमा पुगेपछि स्थानीयहरु घटनास्थलमा जम्मा भएका थिए ।

केही वर्ष पहिला मानसिक सन्तुलन गुमाएका चन्द केहिलेकाही औषधीको प्रयोगले ठिक हुने गरेका थिए । केही समय भारत समेत बसेका चन्द एक हप्तापहिले देखि आक्रामक व्यवहार देखाउने गरेका थिए । मंगलबार भने आक्रमक व्यवहारले सिमा नाघेपछि हरिनाको बीभत्स हत्या गरे भने गाउँ नै एक सयम त्रसित बनाईदिएका छन् । गाउँमै बीभत्स घटना भएपनि शोकका डुबेको शिक्षक समेत रहेका स्थानीय भुवन भट्टले बताए । स्थानीयहरुका अनुसार मानसिक सन्तुलन ठिक नभएका चन्दले २ वर्ष पहिले एक भैँसी र एक गाईलाई समेत मारेका थिए ।

बिष्टको घरेलु हतियार प्रयोग गरेर हत्या गरेपछि गाउँ नै शोकमा डुबेको स्थानीय राजेन्द्र बिष्टले बताए । हरिनाको घरमा कोही नभएका बेला पुगेका चन्दले उनको हत्या गरेपछि गाउँ शोकमग्न भएको छ । गाउँमा नसोचेका घटना भएपछि गाउँ शोकमा डुबेको बिष्टले बताए ।