अविरल वर्षासँगै आएको पहिरोमा च्यापिएर ६ महिने शिशुको मृत्यु, आमा गम्भीर घाईते
2020/07/05, 3:35

अविरल वर्षासँगै आएको पहिरोमा परि डोटीमा एक शिशुको ज्यान गएको छ। आइतबार बिहान जिल्लाको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँको नुवाकोट टोल बस्ने भक्त नेपालीका ६ महिने छोरा छत्र नेपालीको पहिरोले च्यापिएर ज्यान गएको हो ।

पहिरोमा परि मृतक शिशुकी आमा २५ वर्षिया देवा नेपाली गम्भीर घाइते भएकी छन । गम्भीर घाइते आमालाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याइएको र मृतक बालकको शव पोष्टमार्टमका लागि ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
पहिरो आएको समयमा घरभित्र भक्त नेपालीका श्रीमती दुई छोरा र एक छोरी गरी ५ जना रहेकोमा अरु भने भागेर बाँच्न सफल भएका छन । पहिरोले घरभित्रको सबै सरसामान पूर्ण रुपमा क्षति भएको स्थानीयले बताएका छन ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/29, 2:20
2020/06/20, 7:38
2020/10/24, 2:24
2022/01/05, 12:40